चीनले नेपालबाट लैजान खोजेको घाँस कस्तो हो ?

चर्चा सुरु भएको ३ वर्षपछि नेपालमा उत्पादित पशु आहारा ‘घाँस’ आयात गर्न चीन तयार भएको छ । भर्खरै नेपाल भ्रमण सकेर फर्किएका चिनियाँ विदेशमन्त्री वाङ यी सहितको टोलीले नेपालबाट घाँस आयातसम्बन्धी ‘प्रोटोकल’मा हस्ताक्षर गरेसँगै चीन यहाँबाट घाँस लैजान तयार भएको हो ।अब विश्व व्यापार संगठन (डब्ल्यूटीओ) को मापदण्ड र चीनको आन्तरिक मापदण्ड पूरा भएपछि नेपालबाट चीनतर्फ घाँस निर्यात सुरु हुनेछ । यो मापदण्डमा नेपाल तर्फको पशुपक्षी र बालीनालीमा रहेको रोग चीन प्रवेश हुनबाट रोक्नुपर्छ ।यसका