पछिल्लो ४ वर्षमा नेपालको बैंकिङ क्षेत्रमा २ अर्ब ५६ करोड २३ लाख रुपैयाँभन्दा धेरैको आर्थिक अपराध भएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/०७५ देखि आर्थिक वर्ष २०७७/०७८ को मंसिर महिनासम्म नेपाल राष्ट्र बैंकबाट सम्बन्धन प्राप्त क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थामा २ अर्ब ५६ करोडभन्दा धेरै रुपैयाँको आर्थिक अपराध भएको हो ।
आर्थिक वर्ष २०७४/७५ मा यति डेभलपमेन्ट बैंक, नेपाल बैंक, कृषि विकास बैंकको न्युरोड शाखा, एनआईसी एसिया बैंक, सिभिल बैंक, मञ्जुश्री फाइनान्सियल इन्स्टिच्...