म्याग्दीमा नयाँ पदमार्ग ‘करबाकेली इको ट्रेक’ एक्सप्लोर हुने भएको छ। स्थानीयको सक्रियता एवं कन्सेप्ट नेपालको टेक्निकल सहयोगमा पोखराबाट पुनहिल हुँदै फूलबारी, काफल डाँडा, करबाकेली थान भएर बेनी निस्कने पदमार्ग एक्सप्लोर गर्न लागिएको हो। पोखराबाट निस्कने यात्रीले ५ दिन छुट्टयाउनु पर्नेछ। पोखराबाट तीखेढुँगासम्म जीपमा गएर पहिलो बास उल्लेरीमा हुनेछ। दोस्रो बास घोडेपानीमा। तेस्रो दिन पुनहिल भएरु…