नारायण नपा वडा १ मा २६ वर्षपछि खोसियो एमालेको विरासत

दैलेख : दैलेखको नारायण नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेले २६ वर्षपछि विरासत गुमाएको छ। २०५३ सातमा स्थापना भएको नारायण नपा १ मा २६ वर्षदेखि जित हात पार्दै आएको एमाले पराजित भएको हो।नेपाली काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार सन्देशकुमार श्रेष्ठले ३७८ मत प्राप्त गर्दै विजयी भएका छन्।उनका निकटतम प्रतिस्पर्धी नेकपा समाजवादीका वडाध्यक्षका उम्मेदवार रमेशकुमार केसीले ३५८ मत प्राप्त गरेका छन्। यस्तै नेकपा एमालेको तर्फबाट वडाध्यक्षका उम्मेदवार मनोज थापाले ३ सय मत प्राप्त गरेका छन्।वडास दस्यहरूमा नेपाली