थप दुई बन्दरगाह उपलव्ध गराउन भारत सकारात्मक

नेपाल–भारत व्यापार तथा पारवहन सन्धि पुनरवलोकनको तयारी भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल–भारत व्यापार सन्धि २००९ लाई परिमार्जन गरी पुनरवलोकन गर्न लागेको हो । यो सन्धि सन् २०१९ मा नवीकरण भएको थियो । यो सन्धिमा प्रत्येक सात/सात वर्षमा स्वतः नवीकरण हुने प्रावधान छ । दुवै पक्ष सहमतिमा आवश्यकताअनुसार परिमार्जनसहित नवीकरण हुनसक्छ । व्यापार र पारवहन सन्धि छुट्टाछुट्टै सम्झौता हुने गर्छ । यस पटक भने दुवैको पुनरवलोकन गर्ने गरी छलफल भइरहेको मन्त्रालयले जनाएको छ । सन् २०१९ पछि सन्धिबारे तीन पटक दुवै पक्षबीच ‘रिभ्यु मिटिङ’ भइसकेको मन्त्रालयले जनाएको छ ।