सभापतिका आकांक्षीलाई दायाँबायाँ राखेर पौडेलले भनेः सभापतिमा एउटै उम्मेदवार बनाउँछौं

काठमाडौँ– कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा इतर समूहबाट सभापतिको एक जनामात्र उम्मेदवार हुने बताएका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा सभापतिका आकांक्षीहरुलाई दायाँबायाँ राखेर पौडेलले आफ्नो समूहले सभापतिमा एकजनामात्र उम्मेदवार बनाउने दावी गरे । उनले आफूहरुमा सभापतिको एकजनामात्र सभापतिको उम्मेदवार बनाउने सहमति भएकोसमेत बताए । पौडेल समूहमा रहेका महामन्त्री डा. […]

सम्बन्धित सामग्री

लेखा समितिको सभापतिमा एमालेले ऋषिकेश पोखरेललाई उम्मेदवार बनाउने

९ भदौ, काठमाडौं । नेकपा एमालेले सार्वजनिक लेखा समितिको सभापतिमा ऋषिकेश पोखरेललाई उम्मेदवार बनाउने भएको छ । संसदीय समितिहरुको सभापति चयन भोलि हुनेछ । प्रमुख दलहरुबीच भएको भागवण्डाअनुसार प्रमुख प्रतिपक्षी नेकपा एमालेले तीन वटा समिति बनाउनेछ । त्यसमध्ये लेखा समितिमा मोरङ २ बाट प्रत्यक्ष निर्वाचित पोखरेललाई उम्मेदवार बनाउने एमालेको तयारी छ । लेखा समिति सभापतिमा […]

सिन्धुपाल्चोकमा कांग्रेस सभापतिमा संस्थापन पक्षकै दुई उम्मेदवार

२७ फागुन, काठमाडौं । सिन्धुपाल्चोकको कांग्रेस अधिवेशनमा संस्थापन पक्षकै दुई उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। संस्थापन पक्षबाट सभापतिमा एकल उम्मेदवार पर्ने चर्चा भइरहँदा सोही पक्षबाट जगलाल तामाङ बागी उम्मेदवार बनेका छन् । नेता मोहन बस्नेतको बलमा जगलाल उम्मेदवार बनेको बताइएको छ। संस्थापन पक्षबाट डा. प्रेमध्वज तामाङले उम्मेदवारी दिने तयारी केही महिना अघिदेखिनै गरेका थिए । […]

काँग्रेस सभापतिमा ५ जना उम्मेदवार !

नेपाली काँग्रेसको नयाँ नेतृत्वका लागि सोमबार हुन लागेको निर्वाचनमा ५ जनाको उम्मेदवारी पर्ने देखिएको छ । त्यसमध्ये नेता कल्याण गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराइसकेका छन् भने अन्य उम्मेदवारले पनि निर्वाचन समितिले तोकेको समयभित्र दर्ता गराउनका लागि तयारी गरिरहेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले साझा उम्मेदवार तय गर्न नसकेपछि सभापतिका उम्मेदवारको संख्या पनि बढ्ने देखिएको हो । सभापतिमा यो समाचार तयार पर्दासम्म शेरबहादुर देउवासहित प्रकाशमान सिंह, विमलेन्द्र निधि र शेखर कोइरालाल

सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन समूहबाट बलायर उम्मेदवार

१७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन समूहबाट केन्द्रीय सदस्य वीरबहादुर बलायर उम्मेदवार बन्ने भएका छन् । संस्थापन समूहका नेताहरुको छलफलपछि पूर्वमन्त्रीसमेत रहेका बलायर प्रदेश सभापतिको उम्मेदवारमा चयन भएका हुन् । सहमतिमै प्रदेश कार्यसमिति गठन गर्नेबारे संस्थापन र इतर समूहका नेताहरुबीच शुक्रबार बिहानदेखि नै छलफल भइरहेको थियो । तर सुदूरपश्चिममा कमजोर रहेको […]

गण्डकी प्रदेश सभापतिमा पौडेल पक्षबाट शुक्रराज शर्मा उम्मेदवार

१६ मंसिर, पोखरा । नेपाली कांग्रेसको गण्डकी प्रदेश सभापतिमा संस्थापनइतरबाट कास्कीका नेता शुक्रराज शर्माको नाम टुंगो लागेको छ । ५ जना आकांक्षी हुँदा उम्मेदवार छनोट गर्न सकस परेको संस्थापनइतर समूह २ दिनको छलफलबाट शर्मालाई प्रदेश सभापतिमा उठाउने निर्णयमा पुगेको हो । धेरै जनाको आकांक्षा हुँदा उम्मेदवार छान्नै सकस परेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. […]

पौडेल समूहबाट बागमती प्रदेश सभापतिमा केसी उम्मेदवार

१५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट बागमती प्रदेश सभापतिमा जगदीश्वर नरसिंह केसी उम्मेदवार बन्ने भएका छन् । बिहीबारबाट सुरु हुने प्रदेश अधिवेशनका लागि पौडेल समूहले नुवाकोट जिल्लाका पूर्वसभापति केसीलाई सभापतिमा उम्मेदवार बनाउने निर्णय गरेको हो । सात वटै प्रदेश कार्यसमितिका लागि उम्मेदवार टुंगो लगाउन पौडेल समूहले बुधबार मात्रै सम्बन्धित प्रदेशका […]

सभापतिमा पौडेलको दाबी, तर उम्मेदवार बन्ने टुंगो छैन

काठमाडौं।कांग्रेसको १४औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलको सभापतिको उम्मेदवार बन्ने कि नबन्ने भनेर टुंगो लागेको छैन।आफूनिकट नेताहरुसँग निरन्तर छलफलमा रहेका नेता पौडेललाई देउवाइतरको समूहलाई एकत्रित गर्ने चुनौति छ।त्यसैले सभापतिमा दाबी भएपनि उम्मेदवार हुने/नहुने भन्ने टुंगो नभएको पौडेलनिकट केन्द्रीय सदस्य बद्री पाण्डेले बताए।"छलफलमा छरिएर रहेका देउवाइतरका शक्तिलाई एक ठाउँमा ल्याउने र एक जनामात्रै उम्मेदवार बन्न सुझाव दिइरहेका छौं",केन्द्रीय सदस्य पाण्डेले भने।