काठमाडौं ६ (१) मा हरिप्रभा खड्की विजयी

काठमाडौं क्षेत्र नम्बर ६ (१) मा नेपाली कांग्रेसकी उम्मेदवार हरिप्रभा खड्गी विजयी भएकी छन् । उनले ४ हजार ३५६ मतका साथ प्रदेशसभा सदस्यमा विजय हासिल गरेकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका निरेश लाल सिंह महर्जनले ३७३६ मत प्राप्त गरे । यसैगरी राप्रपाका जगत सागर महर्जनले तेस्रो स्थान हासिल गरे ।