ललितपुर – महालक्ष्मी नगरपालिकाले ३१औँ अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा ‘बा आमाको सेवा, स्वास्थ्य उपचारमा टेवा’ नामक कार्यक्रमको शुभारम्भ गरेको छ । नगर प्रमुख रामेश्वर श्रेष्ठले बिहीबार सो सेवासहित ज्येष्ठ नागरिकलाई खादा र कम्बल ओढाएर सम्मान गरे । उनले भने, ‘तपाईँहरु समाजका उदाहरणीय अङ्ग हुनुभएकाले सबै उच्च सम्मानका साथ कदर गर्दै अघि बढ्नेछौँ ।’ नगरपालिकाभित्रका […]