काठमाडौँ – सांसदहरूले पछिल्लो दिनमा परेको वर्षासँगै आएको बाढीपहिरो पीडितलाई उद्धार, राहत र स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा शून्य समयमा उनीहरूले बाढीपहिरोपीडितको उद्धार र राहत गर्न तथा बढेको स्वास्थ्य जोखिम नियन्त्रण गर्दै उपचारको व्यवस्था गर्न माग गरेका हुन्। उद्धार र राहतमा खटिएका जनशक्ति पर्याप्त नरहेको भन्दै उनीहरूले तत्काल बाढीपहिरो प्रभावित […]
सांसदहरूले पछिल्लो दिनमा परेको वर्षासँगै आएको बाढीपहिरो पीडितलाई उद्धार, राहत र स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा शून्य समयमा उनीहरूले बाढीपहिरो पीडितको उद्धार र राहत गर्न तथा बढेको स्वास्थ्य जोखिम नियन्त्रण गर्दै उपचारको व्यवस्था गर्न माग गरेका हुन् । उद्धार र राहतमा खटिएका जनशक्ति पर्याप्त नरहेको भन्दै उनीहरूले तत्काल बाढीपहिरो प्रभावित क्षेत्रमा पर्याप्त जनशक्ति खटाइ पीडितलाई उचित बासस्थान र राहतको व्यवस्था गर्न माग गरेका
काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाणले बाढीपहिरो पीडितको उद्धार र राहतमा जुट्न निर्देशन दिएका छन्। म्याग्दी, चितवनलगायतका स्थानमा बाढीपहिरोले क्षति पुर्याएपछि गृहमन्त्री खाणले चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ, नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना र म्याग्दीका प्रहरी प्रमुख तिलक भारतीसहितलाई टेलिफोन गरेर पीडितको उद्धार र […]
प्रधानमन्त्री शेरबहादुर देउवाले देशभर वर्षापछि आएको बाढीपहिरोका बिहीबार सुदुरपश्चिम प्रदेशमा बाढीपहिरो क्षेत्रको स्थलगत भ्रमणमा आएका प्रधामन्त्री देउवाले सुर्खेत विमानस्थलमा देशभरका बाढीपहिरो पीडितको राहत र उद्धारका लागि तिब्रता दिएको बताएका हुन्...
काठमाडौँ । अनेरास्ववियू क्रान्तिकारीले बाढीपहिरो पीडितको उद्धार र उनीहरूलाई समयमै राहतको व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ। बाढी पहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई राहत र घाइतेलाई नि: शुल्क उपचारको व्यवस्था मिलाउनसमेत अखिल क्रान्तिकारीले माग गरेको छ। अध्यक्ष पञ्चा सिंहले विज्ञप्ति निकालेर बाढी पहिरो प्रभावितको उद्धार तथा राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन्। उनले बाढी […]
म्याग्दीमा बाढीपहिरोबाट विस्थापित भएका परिवारकोे घर निर्माणमा ढिलासुस्ती भएको छ । जिल्ला प्रशासन कार्यालयले समयमै दोस्रो किस्ता उपलब्ध गराउने प्रक्रियामा ढिलासुस्ती गर्दा घर निर्माण अलपत्र बनेको हो ।सरकारले किस्तामा उपलब्ध गराउने प्रक्रियामा ढिलासुस्ती गर्दा धौलागिरी गाउँपालिका– ७ धारापानीका दलीतबस्तीका १४ परिवारको घर अलपत्र बनेको छ । तीन तहको सरकारले मिलेर बाढीपहिरो पीडितको घर निर्माण गर्ने […]
बाढीपहिरो पीडितहरूको सहयोग संकलनका लागि त्रिपुरेश्वरस्थित युडब्ल्युटिसीको पाचौँ तल्लामा अवस्थित कर्मा लाउञ्जले लाइभ शो ‘लेटस् युनाइट’ को आयोजना गर्दैछ । कर्माका सञ्चालक तथा गायक रविन श्रेष्ठका अनुसार उक्त लाइभ शोबाट संकलन हुने रकम बाढीपहिरो पीडितको सहयोगार्थ खर्च गरिनेछ ।