निरन्तर परिवर्तन विकासको प्राकृतिक अभ्यास हो। आफू परिवर्तन हुने चाहना राख्नु, आफ्नो भौतिक अवस्थाबाट उन्नत हुन खोज्नु सही मानिने तर नेतृत्व, प्रवृत्ति र पद्धति परिवर्तन हुने समय आयो भने विरोध किन ?परम्परागत नेतृत्व र धारणा त्यागेर नयाँ परिवर्तनले ल्याएको नयाँ कुरा स्वीकार्ने क्षमता राख्नु पनि विकसित हुनु हो। विशेषगरी हालै सम्पन्न स्थानीय निर्वाचन परिणामले नागरिकमा ल्याएको उत्साहलाई परम्परावादीले खुलेर स्वीकार गर्न नसकेको महसुस भइरहेको छ।तर, नागरिककै मत प्राप्त गरेर आएका स्वतन्त्र जनप्रतिनिधि