काठमाडौं (अस) । सिद्धार्थ बैंकले विराटनगरस्थित नवनिर्मित भवनमा प्रदेश १ क्षेत्रीय कार्यालय उद्घाटन गरेको छ । कार्यालय भवन उद्घाटन बैंक सञ्चालक समिति अध्यक्ष मनोजकुमार केडियाले गरे ।
कार्यक्रममा उद्योगी, व्यापारी तथा विभिन्न संघ–संस्थाका प्रमुख उपस्थित थिए । ग्राहक, व्यापारी तथा उद्योगीलाई गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले अत्याधुनिक भवन निर्माण गरिएको बैंकले बताएको छ । यसअघि विराटनगर–७ मेनरोडबाट सेवा दिँदै आएको विराटनगर शाखालाई उक्त भवनमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।
हाल बैंकले १९० शाखा, ४ एक्सटेन्सन काउन्टर, २०८ एटीएम, ११४ शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।