धनगढी उपमहानगरको राहत सामग्री खरिदका कागजात अख्तियारको नियन्त्रणमा, कुहिएको चामल वितरणको आरोप

कैलाली : धनगढी उपमहानगरपालिकाले राहतमा कुहिएको चामल वितरण गरेको आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ। अख्तियारको क्षेत्रीय सम्पर्क कार्यालय महेन्द्रनगरको टोलीले खाद्यान्न खरिदको टेन्डरसम्बन्धी कागजातहरू नियन्त्रणमा लिएको प्रवक्ता टोपबहादुर विष्टले जानकारी दिए। अख्तियारका प्रवक्ता विष्टले राहतका सामग्री खरिद प्रक्रियामा भएको अनियमितता बारे छानविन गर्न सबै