शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्छौं : मन्त्री कोइराला

दैलेख : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द कोइराला (गोविन्द बन्दी)ले शान्ति प्रक्रियाका बाँकी रहेका कामहरूलाई टुङ्गोमा पुर्‍याउने बताएका छन्।दैलेखका स्थानीय तहका जनप्रतिनिधिसँग छुवाछुतका विषयमा अन्तरक्रिया गर्न यहाँ आएका मन्त्री कोइरालाले आइतबार बिहान त्रिभुवन पूर्व विद्यार्थी मञ्च दैलेखले आयोजना गरेको एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।‘अझै पनि शान्ति प्रक्रियाका कामहरू टुङ्ग्याउन बाँकी छ, ती कामहरूलाई टुङ्गोमा पुर्‍याउने आफ्नो पहिलो उद्देश्य हो’, कानुनमन्त्र