गाजा युद्ध सुल्झाउन मोसाद र सीआईए प्रमुख कतारमा

दोहा : इजरायलको गुप्तचर संगठन मोसाद र अमेरिकी गुप्तचर संगठन सीआईएका प्रमुख कतार आइपुगेका छन्। मोसाद प्रमुख डेभिड बार्निया र सीआईए निर्देशक विलियम बर्न्सले बिहीवार कतारका प्रधानमन्त्रीसँग बैठक गरेका छन्।इजरायली सेनाले गाजापट्टीमा हमासमाथि बम आक्रमण गरे पनि गाजामा बन्धक बनाइएका व्यक्तिलाई छुटाउन पनि लागिपरेको छ। यसका लागि इजरायलले कतारसँग वार्ता गरिरहेको छ।उक्त बैठकमा गाजामा बन्धक बनाएका व्यक्तिलाई रिहा गर्ने विषयमा छलफल भएको छ। नाम उल्लेख नगर्ने शर्तमा एक अमेरिकी अधिकारीले बार्निया र बर्न्सले कता