काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले रिडी पावर कम्पनी र अरुण भ्याली हाइड्रोपावरको शेयर मूल्य समायोजन गरेको छ ।
यी दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १८ गते बुक क्लोज गरेकाले मंगलवारको अन्तिम कारोबार मूल्यका आधारमा नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।
अरुण भ्याली हाइड्रोपावरको ८ प्रतिशत बोनस शेयरको समायोजनपछि मूल्य रू. ३०८ दशमलव ३३ तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य रू. ३३३ को आधारमा शेयर मूल्य समायोजन गरिएको हो ।
त्यस्तै रिडी पावर कम्पनीको ४० प्रतिशत बोनस शेयरको समायोजनपछि मूल्य रू. ३८५ तोकिएको छ । कम्पनीको अन्तिम शेयर मूल्य रू. ५३९ को आधारमा नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।
काठमाडौं । रिडी पावर कम्पनी र अरुण भ्याली हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि मंगलवार रहेको छ ।
यी दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १८ गते बुक क्लोज गरेकाले भोलि माघ १७ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
रिडी पावर कम्पनीले हाल कायम चुक्तापूँजीको ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २ दशमलव १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले माघ २९ गते साधारण सभा बोलाएको छ । सभा इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजे शुरू हुने कम्पनीले जानकारी गराएको हो ।
त्यस्तै अरुण भ्याली हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले माघ २७ गते साधारण सभा बोलाएको छ ।
सभा मैत्री हल इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ ।
४ माघ, काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । ४ माघ बिहान बसेको कम्पनी सञ्चालक समितिको बैंठकले उक्त प्रस्ताव गरेको हो । कम्पनीले आफ्नो लगानी तथा व्यवस्थापनबाट साझा पावर कम्पनीको स्वामित्वमा रहने गरी २० मेगावाट क्षमताको तल्लो बलेफिखोला जलविद्युत आयोजना निर्माण गर्ने र उक्त आयोजनामा स्वःपुँजी व्यवस्थापन […]