३६ वर्षका पुरुषमा एकैपटक देखियो कोरोना, मंकीपक्स र एचआइभी

इटलीमा ३६ वर्षका एक व्यक्ति कोरोना, मंकीपक्स र एचआइभीद्वारा एकैपटक संक्रमित भएका छन् । कटेनिया युनिभर्सिटीका वैज्ञानिकले यसलाई विश्वको पहिलो घटना बताएका छन् । यी व्यक्तिमा यो तिनै संक्रमण वर्षको सुरुमा स्पेन गएपछि भयो जहाँ उनले थुप्रै पुरुषसँग असुरक्षित यौन सम्बन्ध स्थापित गरेको बताइन्छ ।द सनको रिपोर्ट अनुसार बिरामी स्पेनमा १६ देखि २० जुनसम्म बसेका थिए । जर्नल अफ इन्फेक्सनको केस रिपोर्टलाई विश्वास गर्ने हो भने ज्वरो आउने, टाउको दुख्ने, घाँटी खसखस हुने लक्षण देखिएको तीन दिनपछि जुलाईमा उनी कोरोनाद