काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायका लागि २० पदाधिकारी नियुक्त गरेकी छन् ।
उनले संवैधानिक परिषद्को सिफारिसमा विभिन्न आयोगका पदाधिकारी नियुक्त गरेकी हुन् ।
नियुक्त गरिएका आयोगमध्ये लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मी, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा रामकृष्ण तिमेल्सिना लगायत छन् ।