फरार पक्राउ गर्न विशेष अभियान

- बैंकिङ कसुर, वैदेशिक रोजगारका नाममा ठगी र किर्ते राहदानी मुद्दामा अदालतले दुई वर्ष कैद र २ करोड ६७ लाख ७४ हजार रुपैयाँ जरिवाना सजाय हुने फैसला गरे पनि गोपालप्रसाद ढुंगेल पक्राउ परेका थिएनन् । अदालतले उनलाई ०७७ चैतमा यो सजाय सुनाएको थियो । चितवन जिल्ला अदालत र प्रहरीको विशेष टोलीले ढुंगेललाई ०७८ कात्तिकमा रत्ननगर जिरौनाबाट समात्यो ।