काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी एमालेले राष्ट्रियसभामा दलको प्रमुख सचेतकमा भगवती न्यौपानेलाई मनोनयन गरेको छ । एमालेका सङ्घीय संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई राष्ट्रियसभाको प्रमुख सचेतकमा आज मनोनयन गरेका हुन् । एमालेको संसदीय दलको विधान–२०७७ बमोजिम भोलि फागुन २१ गतेदेखि लागू हुनेगरी प्रमुख सचेतकमा आफूलाई पार्टी अध्यक्ष ओलीले मनोनयन गरेको उनले जानकारी दिइन् । […]
काठमाडौं, पुस १४। नेकपा (एमाले)को राष्ट्रियसभाको संसदीय दलको नेतामा देवेन्द्र दाहाललाई मनोनीत गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले संघीय संसदीय दलको विधान, २०७७ बमोजिम दाहाललाई संसदीय दलको नेतामा मनोनीत गरेका हुन् । राष्ट्रियसभामा यसअघि एमालेका संसदीय दलका नेता खिमलाल भट्टराई थिए । नेता भट्टराईले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएपछि संसदीय दलको नेता पद […]
काठमाण्डाै – नेकपा एमालेको राष्ट्रियसभाको संसदीय दलको नेतामा देवेन्द्र दाहाललाई मनोनित गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले सङ्घीय संसदीय दलको विधान, २०७७ बमोजिम दाहाललाई संसदीय दलको नेतामा मनोनित गर्नुभएको हो ।
राष्ट्रियसभामा यसअघि एमालेका संसदीय दलका नेता खिमलाल भट्टराई हुनुहुन्थ्यो । नेता भट्टराईले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएपछि संसदीय दलको नेता पद रिक्त थियो । मनोनित दाहाल यसअघि दलका प्रमुख सचेतक हुनुहुन्थ्यो ।
काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बनाउने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीवार अपराह्न बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो।
माओवादीले प्रतिनिधिसभाको प्रमुख सचेतकमा हितराज पाण्डे र राष्ट्रियसभामा दलको नेता नारायणकाजी श्रेष्ठलाई बनाउने निर्णय गरेको सचिव गणेश साहले जानकारी दिए। बैठकले…
काठमाडौँ,१३ भदौ । राष्ट्रियसभामा नेपाली कांग्रेसको संसदीय दलको नेतामा रमेशजङ्ग रायमाझी मनोनीत भएका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज उनलाई कांग्रेस संसदीय दलको विधानबमोजिम राष्ट्रियसभाका लागि संसदीय दलको नेतामा मनोनयन गरेको पार्टी कार्यालयले जनाएको छ । रासस
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभा संसदीय दलको नेतामा रमेशजंग रायमाझीलाई मनोनयन गरेका छन् । कांग्रेस संसदीय दलको नेता समेत रहेका देउवाले सांसद रायमाझीलाई दलको नेतामा मनोनयन गरेका हुन् ।देउवाले कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम रायमाझीलाई दलको नेतामा मनोनयन गरेको प्रधानमन्त्रीको निजी सचिव केशवराज जोशीले जानकारी दिए ।तत्कालीन कांग्रेस संसदीय दलका नेता राधेश्याम अधिकारीको कार्यकाल सकिएपछि सो पद रिक्त थियो ।
राष्ट्रियसभामा नेकपा एमालेको संसदीय दलको नेतामा खिमलाल भट्टराई नियुक्त भएका छन् । यस्तै प्रमुख सचेतकमा देवेन्द्र दाहाल नियुक्त भएका छन् । नेकपा एमालेका प्रतिनिधिसभाका संसदीय दलका नेता केपी शर्मा ओलीले बिहीबार उनीहरुलाई नियुक्त गरेका हुन् ।यसअघि राष्ट्रियसभामा संसदीय दलका नेता सुमन प्याकुरेल ४ वर्षे समयावधी पूरा गरेर विदा भएपछि उनको ठाउँमा यसअघि प्रमुख सचेतक रहेका भट्टराईलाई संसदीय दलको नेता चयन गरिएको हो । प्रतिनिधिसभाको संसदीय दलको नेताले राष्ट्रियसभाको दलको नेता र सचेतक चुन्ने व्यवस्थाअन
विराटनगर : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का गोपी आछामीले राष्ट्रियसभामा दलको प्रमुख सचेतकको जिम्मेवारी पाएका छन्।आज (सोमबार) बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले आछामीलाई राष्ट्रियसभाको प्रमुख सचेतक र सचिवको जिम्मेवारी तोकेको हो।सचेतकमा गंगा बेल्बासे र सचिवमा रामनारायण बिडारीले जिम्मेवारी पाएका छन्।बैठकले २१ सदस्यीय संसदीय बोर्ड गठन गर्नुका साथै संसदको गतिरोध हटाउन पहल गर्ने निर्णयसमेत गरेको छ।को हुन् अछामी?खेलकुद राज्यमन्त्री तथा संविधानसभा सदस्यको जिम्मेवारीसमेत सम्हालिसक
नेकपा माओवादी केन्द्रले आइतबारका लागि संसदीय दलको बैठक बोलाएको छ । आइतबार बिहान ११ बजेका लागि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको बैठक बोलाइएको हो । बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै पार्टीबाट देउवा सरकारमा मन्त्रीहरुको सहभागिताका विषयमा पनि छलफल हुने एक सांसदले बताए । भोलि नै काँग्रेसले पनि संसदीय दलको बैठक बोलाएको छ ।
न्युज अफ नेपाल, काठमडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा दलको नेता चयन गरेका छन् । ओलीले सुमनराज प्याकुरेललाई दलको नेता चयन गरेका हुन् । सर्वोच्च अदालतको गत २३ फागुनको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँतिएपछि एमालेको तर्फबाट प्याकुरेल दलका नेता चयन भएका हुन् । यस अघि साबिकको नेपाल कम्युनिस्ट पार्टी […]