काठमाण्डाै – यसपालिको चुनावमा ११ जना नेताले पाँच सयभन्दा कम मतान्तरले हारेका छन् । पाँच सयभन्दा कम मतान्तरले हार्नेमा सबैभन्दा धेरै नेकपा एमालेका छ, नेपाली कांग्रेसका तीन, नेकपा माओवादी केन्द्रका एक र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक जना उम्मेदवार छन् ।
१) सबैभन्दा थोरै मतले हार्नेमा नेपाली कांग्रेसका भीष्मराज आङदेम्बे हुनुहुन्छ । निकटतम प्रतिस्पर्धी उहाँले पाँचथर निर्वाचन क्षेत्र नम्बर १ बाट ३२ हजार ८९ मत पाउँदा एमालेका वसन्तकुमार नेम्वाङले ३२ हजार एक सय ३५ मत प्राप्त गरि विजयी हुनुभयो ।...