विश्वास र सहकार्य बलियो बनाउने ऊर्जा

नेपाल र भारतबीच बिहीबार भएको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौताले नेपालको ऊर्जा क्षेत्रको विकासमा ठूलो सम्भावनाको ढोका खोलेको छ । आगामी १० वर्षमा नेपालले १० हजार मेगावाट विद्युत् निर्यात गर्ने मार्ग प्रशस्त भएकाले जलविद्युत् उत्पादनमा लगानी अझ बढ्नेछ जसले रोजगारीका पर्याप्त अवसर पनि सिर्जना हुनेछन् ।

सम्बन्धित सामग्री

क्लाइमेट फन्डको ऋण लिँदै ग्लोबल बैंक

काठमाडौं। ग्लोबल आइएमई बैंकले ग्लोबल क्लाइमेट पार्टनरसिप फन्ड (जीसीपीएफ), लक्जेम्बर्गबाट २५ मिलियन अमेरिकी डलर (रू. ३ अर्ब ३३ करोड बराबर) ऋण लिने भएको छ । दुई पक्षबीच यससम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरी सम्झौता आदानप्रदान भइसकेको छ । उक्त ऋणले बैंकको कर्जा प्रवाह क्षमता अभिवृद्धि गर्नुका साथै बैंकलाई ऊर्जा दक्षता प्रवर्द्धन गर्न तथा नवीकरणीय ऊर्जा परियोजनाहरूमा वित्तीय सहायता प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । जीसीपीएफले जलवायु परिवर्तनसम्बन्धी व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले नेपालमा पहिलोपटक ग्लोबल आइएमई बैंकलाई ऋण प्रदान गरेको हो ।  वातावरण संरक्षणमा यसको महत्त्वपूर्ण वित्तीय भूमिका रहने विश्वास गरिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्यले प्राप्त ऋण सहयोगले बैंकको कर्जा लगानी क्षमता अभिवृद्धि हुने र ऊर्जाक्षेत्रमा लगानी बढाउन थप सहयोग पुग्ने बताए । ‘विश्वका विभिन्न २७ विकासोन्मुख तथा उदीयमान राष्ट्रमा जलवायु परिवर्तन तथा दिगो विकासमा केन्द्रित रही वित्तीय लगानी गर्दै आएको जीसीपीएफसँग सहकार्य हुनु आफैमा महत्त्वपूर्ण हो,’ उनले भने । ेपालमा जलवायु परिवर्तनबाट पर्ने असर कम गर्न, ऊर्जाक्षेत्रमा प्रभावकारिता एवं दक्षता वृद्धि गर्न तथा नवीकरणीय ऊर्जा परियोजनामा वित्तीय सुविधा उपलब्ध गराउन क्लाइमेट फन्डले महत्त्वपूर्ण सहयोग पुर्‍याउने दुवै पक्षको विश्वास छ । बैंकले ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखारहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनओटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको बताइएको छ ।

‘नबिल सामाजिक उद्यमशीलता’ कार्यक्रमको आवेदन खुला

नबिल बैंकले ‘नबिल सामाजिक उद्यमशीलता’ कार्यक्रमको दोस्रो ब्याचका लागि आवेदन खुला गरेको छ ।त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्य र स्कुल आफ सोसल इन्टरप्रेनरसिप इन्डियाको प्राविधिक सहयोगमा सञ्चालित यस कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याई दिगो विकासको लक्ष्य हासिल गर्न मद्दत गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण, सूचना प्रविधिलगायत […]

‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रमको दोस्रो ब्याचका लागि आवेदन खुल्यो

‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रमको  पहिलो ब्याचको सफलतापूर्वक संचालनसFगै दोस्रो ब्याचका लागि आवेदन खुला भएको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्कूल अफ म्यानेजमेन्टसँगको सहकार्य र स्कुल आफ सोसल इन्टरप्रेनरशीप इण्डियाको प्राविधिक सहयोगमा संचालित यस कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याई दिगो विकासको लक्ष्य हासिल गर्न मद्दत गर्ने नबिल बैंकको विश्वास छ ।कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण, सूचना प्रविधि लगायतका क्षेत्रमा नवीनतम सोच भएका १८ देखि ५० वर्ष प

पश्चेश्वर जलविद्युत् परियोजना अगाडी बढाउँन भारतीय राजदुतलाई ऊर्जामन्त्रीको आग्रह

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच नेपाल र भारतबीचको आपसी सम्बन्ध र सहयोगका विषयमा छलफल भएको छ ।सो अवसरमा ऊर्जामन्त्री भुसालले नेपाल–भारतका सम्बन्ध मित्रता, समानता, सहयोग र पारस्पारिक सम्मानका साथ अगाडि बढेको स्मरण गर्दै आगामी दिनमा दुई देशको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरिन् । उनले पछिल्लो समय नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा महत्वपूर्ण सहकार्य भएको उल्लेख गर्दै अगामी दिनमा यो सहकार्य अझ विस्तार हुने आशा गरिन्।मन्त्री भुसालले भनिन् , “नेपाल–भारतबीच हाल हुँदै आएको ऊर्जा व्यापार सकारात्मक छ । हामीसँग भएको स्वच्छ ऊर्जा भारतलाई आवश्यक रहेको छ । त्यसैले आगामी दिनमा दीर्घकालीन विद्युत् व्यापार सम्झौता गरी अगाडि बढ्न नेपाल इच्छुक छ । यहाँको कार्यकालमा विद्युत् व्यापारमा महत्वपूर्ण सफलता प्राप्त हुने मैले विश्वास लिएको छु ।” उनले पश्चेश्वर जलविद्युत् परियोजनालाई अगाडि बढाउने साथै बाढीबाट हुने क्षतिका विषयमा दुई देशबीचको समझदारीलाई सक्रियताका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छिन्।सो अवसरमा राजदूत श्रीवास्तवले दुई देशबीचको सहकार्य थप विस्तार गर्न आफूले सक्दो पहल गर्ने विश्वास दिलाए । पछिल्लो एक वर्षमा विद्युत् व्यापारका क्षेत्रमा महत्वपूर्ण उपलब्धी भएको उल्लेख गर्दै उनले भने, “पछिल्लो एक वर्षमा विद्युत् व्यापारमा ठूलो सफलता मिलेको छ । यसमा दुवै सरकारको सहकार्य सह्रानीय छ ।” आफूले विद्युत् उत्पादन एवं व्यापारका लागि निरन्तर पहल गर्ने विश्वास दिलाउँदै उनले भने, “विद्युत् व्यापार दुवै देशका लागि फाइदाजनक विषय हो । यसमा हाम्रोतर्फबाट निरन्तर सहयोग हुनेछ ।” भेटमा जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, सहसचिवद्वय बाबुराम भण्डारी र चिरञ्जीवी चटौत र परराष्ट्र मन्त्रालयका प्रतिनिधिको सहभागिता थियो ।

भारतले भन्यो 'विद्युत व्यापार अनुमती दिनका लागि सकारात्मक छौँ'

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग भारत सरकारका ऊर्जा सचिव आलोक कुमार सहितको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । सो अवसरमा उनीहरुबीच समग्र ऊर्जाको विकास, व्यापार र आपसी हितका विविध विषयमा छलफल भएको छ । सो अवसरमा मन्त्री भुसालले नेपालसँग भएको जलविद्युत आपसी सहकार्यबाट प्रयोगमा ल्याई दोहोरो आवश्यकता परिपूर्ति गर्नुपर्ने बताईन् । आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले उत्पादन तथा व्यापारमा द्वीपक्षीय सहज सहकार्यको आवश्यकता औंल्याईन् । उनले भनिन् , “हामीसँग भएको ऊर्जा स्रोतको प्रयोग आपसी सहकार्यबाट दुवै देशको विकासका लागि प्रयोग गर्नुपर्छ । त्यसका लागि द्विपक्षीय सहकार्य आवश्यक छ ।”ऊर्जा सहकार्यबारे थप प्रष्ट पार्दै मन्त्री भुसालले भनिन् , “हामीबीच ऊर्जाको व्यापार सहज हुनुपर्छ । जहाँबाट दुवै देशको विकासका लागि मद्दत पुग्छ र तेस्रो मुलुकमा ऊर्जा व्यापारका लागि सहज अवस्था सिर्जना गर्नुपर्छ । यस अर्थमा सचीवस्तरीय बैठक फलदायी हुने मैले विश्वास लिएको छु ।”भारतीय ऊर्जा बजारमा नेपालले उत्पादन गरेको ऊर्जा व्यापारको वातावरण सहज तुल्याइदिन आग्रह गर्दै मन्त्री भुसालले असल मित्रराष्ट्रले आफ्नो छिमेकी मुलुकको समृद्धिमा सहयोग गर्ने विश्वास व्यक्त गरिन्।सो अवसरमा भारत सरकारका ऊर्जा सचिव आलोक कुमारले ऊर्जा व्यापारले आपसी सम्बन्धलाई थप बलियो बनाउन सहयोग पुग्ने  विश्वास व्यक्त गरे  । ऊर्जा व्यापारका लागि सहज बतावरण बनाउन आफूहरु सकारात्मक रहेको बताउँदै उनले भने, “भारत, बङ्गलादेशसँग व्यापार अनुमती दिनका लागि हामी सकारात्मक छौँ ।”काठमाडौँमा चलिरहेको बैठकले सफल नतिजा दिने आशा व्यक्त गर्दै उनले भने  “मलाई आशा छ, यो बैठकमा हामी सफल हुनेछौँ ।” सचिव आलोकले अरुण तेस्रो तीब्र गतिमा अगाडि बढेको बताउँदै भने , “मैले यो आयोजना चाँडो सम्पन्न गर्न भनेको छु यसले आपसी मित्रता थप प्रगाढ बनाउनेछ ।”बैठकमा ऊर्जा सचिव देवेन्द्र कार्की, सहसचिव बाबुराम भण्डारी, नेपाल विद्युत प्राधिकरणका एमडी कुलमान घिसिङसहितका अधिकारीको सहभागीता थियो भने भारतका तर्फबाट सचिवस्तरीय बैठकमा सहभागी हुन नेपाल आएका भारतका अधिकारी एवं नेपालस्थित भारतीय राजदूतावासका उच्चअधिकारीको सहभागिता थियो ।

एमसीसीबारे ऊर्जामन्त्रीसँग राजदूतको चासो

काठमाडौं, (नेस)  । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच सोमबार भेटवार्ता भएकोे छ । उक्त अवसरमा राजदूत बेरीले ऊर्जा एवं जलस्रोतका क्षेत्रमा नेपाललाई आफ्नो देशको आर्थिक तथा प्राविधिक सहयोग रहेको बताउँदै आगामी दिनमा थप सहकार्य हुने विश्वास व्यक्त गर्नुभएको मन्त्री भुसालको सचिवालयले जनाएको छ । त्यस्तै राजदूत बेरीले […]

एमसीसी अघि बढाउन राजदूत बेरीको आग्रह

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा सोमवार भएको भेटको अवसरमा राजदूत बेरीले ऊर्जा एवं जलस्रोतका क्षेत्रमा नेपाललाई आफ्नो देशको आर्थिक तथा प्राविधिक सहयोग रहेको भन्दै आगामी दिनमा थप सहकार्य हुने विश्वास व्यक्त गरे । अमेरिका मानव विकास संसाधन एवं बहुपक्षीय सहयोगमा सक्रिय रहँदै आएको उल्लेख गर्दै राजदूत बेरीले जलवायु परिवर्तनका मुद्दामा थप सहकार्य गरिने बताए । साथै ऊर्जाको विकासका लागि मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसस्सी) अगाडि बढाउन पहल गरिदिन उनले मन्त्री भुसालसँग आग्रह गरे । मन्त्री भुसालले नेपालको विकास निर्माण र विपद्का बेला अमेरिकी सरकार र जनताले पुर्‍याएको सहयोग महत्त्वपूर्ण रहेको बताइन् । एमसीसीबारे राजदूतले गरेको आग्रहप्रति उनले जनता र राष्ट्रको हितमा नेपालले सहयोग स्वीकार गर्ने धारणा राखिन् । रासस

ऊर्जा मन्त्रीसँग अमेरिकी राजदूतको शिष्टाचार भेट

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले शिष्टाचार भेट गरेका छन्। मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच आपसी हित र चासोका विषयमा छलफल भएको ऊर्जा मन्त्रीको सचिवालयले जानकारी दिएको छ। सो अवसरमा राजदूत बेरीले ऊर्जा एवं जलस्रोतका क्षेत्रमा नेपालसँग थप सहकार्य हुने विश्वास व्यक्त गरेका थिए।