चार्जिङ स्टेसन निर्माणका लागि राष्ट्र बैंकले सहुलियत ब्याजदरमा कर्जा दिने

काठमाण्डाै - विद्युतीय गाडीका लागि अत्यावश्यक पर्ने चार्जिङ स्टेसन निर्माणका लागि नेपाल राष्ट्र बैंकले सहुलियत ब्याजदरमा कर्जा दिने व्यवस्था गरेको छ । विद्युतीय गाडीकोे प्रवर्द्धन होस् र विद्युत् खपत पनि बढोस् भन्ने लक्ष्यका साथ त्यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधिमा तेस्रो संशोधन गर्दै विद्युतीय गाडीका लागि सहजरूपमा चार्ज हुने प्रणाली स्थापनाका लागि चार्जिङ स्टेसन निर्माणमा विशेष ध्यान दिएको हो । विशेष पुनर्कर्जाका लागि विभिन्न कर्जायोग्य मानिने भन्ने व्यवस्थाअन्तर्गत विशेषगरी विद्युतीय गाडीका...

सम्बन्धित सामग्री

चार्जिङ स्टेसन निर्माणका लागि सरकारले पुनर्कर्जाको व्यवस्था गर्ने

सरकारले विद्युतीय सवारी, चार्जिङ स्टेसन निर्माणका लागि पुनर्कर्जाको व्यवस्था गर्ने भएको छ । आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासको समिक्षा गर्दै राष्ट्र बैंकले चार्जिङ स्टेसन स्थापनाको लागि प्रवाह हुने कर्जामा पुनर्कर्जा उपलब्ध हुने गरी पुनर्कर्जा कार्यविधि संशोधन गरिएको जनाएको हो । हाल सरकारले देशैभरि ५० स्थानमा विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माणको काम अघि बढाइरहेको छ भने, थप स्टेसन निर्माणका लागि निजी क्षेत्रलाई आह्वान गरिरहेको छ ।