काठमाण्डाै – आईसीसीको एक दिवसीय वरीयतामा नेपाल दुई स्थान तल झरेको छ । नयाँ वरीयता अनुसार नेपाल १८ औं स्थानमा छ । यसअघि नेपाल १६ औं स्थान रहेको थियो ।
पछिल्लो पटक नेपाल पपुवा न्युगिनी पीएनजीसँगको एकदिवसीय श्रृंखलामा हार ब्यहोरेको थियो । पीएनजी २० औँ स्थानमा छ । नेपालको टी–ट्वान्टी वरीयता भने यथावत् छ । टी–ट्वान्टीमा नेपाल १३ औं स्थानमा छ ।
एकदिवसीय वरीयतामा न्युजिल्याण्ड शीर्ष स्थानमा छ भने इंग्ल्यान्ड दोस्रो र अष्ट्रेलिया तेस्रो स्थानमा छ । यस्तै भारत चौंथो, दक्षिण अफ्रीका पाँचौं, बंगलादे...