काठमाडौं : पाँच टी–२० र तीन एकदिवसीय क्रिकेटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज केन्या प्रस्थान गर्दै छ।नेपाली टोली आज अपरान्ह ४ बजे केन्या प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। नेपालले केन्यासँग ५ खेलको टी–२० अन्तर्राष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ। ५ खेलको टी–२० सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ। ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ।दुबै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ। राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त म