चिकित्सा क्षेत्रबाट राजनीतिमा आएकी र स्वास्थ्य क्षेत्रका मुद्दाहरूलाई संसदमा प्रखर रूपमा उठाउँदै आएकी डा. चन्दा कार्कीलाई रास्वपाले उम्मेदवार नबनाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। पार्टीले 'पर्फमेन्स' वा नयाँ अनुहारलाई स्थान दिने रणनीति अन्तर्गत यो निर्णय गरेको हुनसक्ने अनुमान गरिए पनि निवर्तमान सांसदहरू नै पाखा लाग्नुले कार्यकर्ता पंक्तिमा भने मिश्रित प्रतिक्रिया उत्पन्न भएको छ।
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने भएका छन्। पौडेलले आज अपराह्न ३ बजे बसुन्धरास्थित त्रियोग स्कुलबाट र्यालीसहित उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय जाने कार्यक्रम तय भएको छ। र्यालीमा कांग्रेसका नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहने बताइएको छ। काठमाडौं ५ मा काङ्ग्रेसका प्रभावशाली नेताका […]