चितवन । चितवनकी कुसुम सापकोटाले स्नातक तहको अध्ययनका क्रममा लगातार सातवटा सेमेस्टरमा ४.० जीपीए प्राप्त गर्दै उल्लेखनीय शैक्षिक सफलता हासिल गरेकी छन्। पोखरा विश्वविद्यालयअन्तर्गत ब्याचलर अफ हेल्थकेयर म्यानेजमेन्ट (बीएचसीएम) अध्ययनरत सापकोटाले आठ सेमेस्टरमध्ये सातवटामा पूर्णाङ्क बराबरको जीपीए हासिल गर्दै आफ्नो अध्ययनमा उत्कृष्टता प्रदर्शन गरेकी हुन्। स्वास्थ्य व्यवस्थापनजस्तो प्राविधिक तथा चुनौतीपूर्ण विषयमा निरन्तर उत्कृष्ट नतिजा कायम […]
राईले सेतोपाटीलाई पठाएको प्रेस नोट र अडिओ सन्देशमा 'आफूलाई खोज्न शक्ति-संयन्त्र प्रयोग गर्न आवश्यक नरहेको' र 'आफू नेपाल फर्कन तयार रहेको' उल्लेख गरेका छन्।
काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट थपिएका छन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार थपिएका सिटमध्ये एमबीबीएसतर्फ ११०, बीएससी नर्सिङतर्फ २१० र बीएमएसतर्फ ९८ रहेका छन् । थपिएका सबै सिट सरकारी शिक्षण संस्थालाई उपलब्ध गराइएको छ भने निजी कलेजहरूको सिट सङ्ख्या यथावत् राखिएको छ । सरकारी शिक्षण संस्थामा कम शुल्कमा […]
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले रसुवा बाढी प्रभावित बीमितलाई अग्रिमसहित २६ करोड नौ लाख २२ हजार २३४ रुपैयाँ ७५ पैसा भुक्तानी गरेको जनाएको छ। असोज २९ गतेसम्मको उक्त रकम बाढी गएको दुई महिना नपुग्दै उपलब्ध गराइएको कम्पनीको भनाइ छ। कम्पनीका अनुसार कुल रकममध्ये २३ करोड पाँच लाख ३९ हजार ७८२ रुपैयाँ ७५ पैसा […]