कपिलवस्तुमा मंसिर ५ गतेदेखि हैजाविरुद्धको खोप दिइने

२ मंसिर, बुटवल । कपिलवस्तुमा मंसिर ५ गतेदेखि साढे २ लाख जनसंख्यालाई हैजाविरुद्धको खोप ‘स्यानकोल’ खुवाइँदै छ । गत असोज १८ गतेदेखि ५ वटा स्थानीय तहमा फैलिएको हैजाको संक्रमण नियन्त्रणमा नआएपछि लुम्बिनी प्रदेश सरकारले अमेरिकाबाट आएको खोप निःशुल्क खुवाउने तयारी गरेको हो । हैजाको संक्रमणबाट अहिलेसम्म ६ जनाले ज्यान गुमाइसकेको छ । स्वास्थ्य तथा जनसंख्या […]

सम्बन्धित सामग्री

हैजा नियन्त्रणका लागि १० दिने खोप अभियान सञ्चालन

रुपन्देही । कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणका लागि १० दिने खोप अभियान सञ्चालन भएको छ ।लुम्बिनी प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले मंसिर ५ देखि १२ गतेसम्म १० दिन हैजाविरुद्धको खोप सञ्चालन गरिएको जनाएको छ । मन्त्रालयले डब्लूएचओबाट प्रमाणित स्यानकोल नामक मुखबाट खुवाइने भ्याक्सिन दिइएको जनाएको छ । कपिलवस्तुका कृष्णनगर, शिवराज, महाराजगन्ज, विजयनगर नगरपालिका र […]

कपिलवस्तुमा आजदेखि हैजा विरुद्धको खोप

कपिलबस्तुमा जिल्लामा हैजा फैलिएको डेढ महिनापछि बल्ल हैजाविरुद्धको खोप सुरु गरिएको छ । हैजाविरुद्धको खोप मंसिर ५ अर्थात् आजदेखि १५ गतेसम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यो खोप दुई चरणको हुने जनाइएको छ । मन्त्रालयका अनुसार पहिलो मात्रा लिएको १५ दिनपछि दोस्रो मात्रा सुरु गरिनेछ । यो खोप अभियान कपिलवस्तु जिल्लाको हैजा प्रकोप देखिएको ५ वटा स्थानीय तहमा सुरु गरिएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । कपिलबस्तुका कृष्णनगर, यशोधरा, महाराजगञ्ज र विजयनगरका सबै वडाका खोप