धनुषालाई सुक्खा क्षेत्र घोषणा गर्न सिफारिस

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले धनुषालाई सुक्खा क्षेत्र घोषण गर्ने निर्णय गरेको छ । कल, इनार सुकेर पिउने पानीको अभाव र सिँचाइ नहुँदा धान रोपाइँ हुन नसकेको ठहर गर्दै धनुषालाई सुक्खा क्षेत्र घोषणा गर्न गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय समितिले गरेको हो ।