२२ मंसिर, काठमाडौं । जनस्वास्थ्यका विज्ञहरुले दीर्घरोगीलाई कोरोना महामारीविरुद्धको खोपको बुस्टर डोज दिन सुझाव दिएका छन् । एचआईभी एड्स, क्यान्सरलगायत रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउने रोग लागेकाहरुलाई प्राथमिकतामा राखेर खोपको बुस्टर डोज दिन विज्ञहरुले सुझाव दिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बुधबार परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालले खोपको पूर्ण […]