चैत ६, काडठमाडौं । घूस लिएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नगर प्रमुख र निजका सहयोगी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले रौतहट जिल्लाको देवाही गोनाही, नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
पटेलले उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग ५ लाख घूस मागिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीद्वारा नगर प्रमुख पटेल, निजका सहयोगी अशोक प्रसाद पटेलले सेवाग्राहीबाट घूस बापत रू. २ लाख ५० हजार नगद र रू. दुई लाख ५० हजार रुपैयाँको चेक लिइसकेको अवस्थामा गत फागुन १५ गते नियन्त्रणमा लिएको थियो ।
आयोगले उनीहरुविरुद्ध बिगो रू. ५ लाख कायम गरी विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको जानकारी दिएको छ ।