आणविक ऊर्जाको क्षेत्रमा चीनले गर्‍यो चमत्कार

आणविक ऊर्जाको क्षेत्रमा चीनले उल्लेख्य सफलता प्राप्त गरेको छ ।  यस सफलताले चीनलाई वैकल्पिक ऊर्जाको क्षेत्रमा विश्वमै अग्रणी मुलुक बनाउने दिशामा थप योगदान गरेको छ । चीनको गान्सुमा रहेको दुई मेगावाटको थोरियम मोल्टन सल्ट रियाक्टरको प्रयोग अन्तिम चरणमा पुगेको चिनियाँ वैज्ञानिकहरूले बताएका छन् ।  थोरियम रियाक्टर बनाउने योजना सन् १९४० को दशकमे बनेको हो तर चिनियाँ वैज्ञानिकहरूले अहिले आएर यसको प्रोटोटाइप बनाउन सकेको विश्वास गरेका छन् ।  सामान्यतया, आणविक रियाक्टरमा युरेनियम उपयोग गर्ने गरिन्छ । तर प्र...