मतदान गर्ने समय लम्ब्याइएको भन्दै नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन स्थलमा प्रतिनिधिहरूले तोडफोड गरेका छन् । आइतबार दिउँसोदेखि गर्ने भनिएको मतदान साँझसम्म पनि सुरु नभएपछि प्रतिनिधिहरूले नाराबाजी गर्दै मतदान स्थल (ऋद्धिसिद्धि पार्टी प्यालेस)को हलमा कुर्सी तोडफोड गर्दै नाराबाजी गरेका हुन् । निर्वाचन समितिले काम गर्न नसकेको भन्दै प्रतिनिधीहरुले सो समितिलाई राजीनामा दिन माग गरिरहेका छन् । निर्वाचन समितिका पदाधिकारीले भने मतपत्र छपाइमा ढिलाइ हुँदा निर्वाचन प्रक्रिया सुरु हुन नसकेको बताएका