एनएसएलः बुटबल लुम्बिनीको विजयी सुरूवात

काठमाडौं। नेपाल सुपर लिगमा बुटबल लुम्बिनीले विजयी सुरूवात गरेको छ। बुटबलको जितमा पोखराका गोल रक्षक अजित भण्डारी खलनायक साबित भए। खेलको ४३औं मिनेटमा मानबहादुर परियारको लामो पासमा अर्मानले गरेको हेड प्रहार पोखराका रक्षक अजित भण्डारीको छातीको लागेर गोलमा परिणत भएको थियो। ७६औं मिनेटमा अमिर श्रेष्ठको क्रस क्लियर गर्ने बेला अजितले आफ्नै पोष्टमा गोल गरेका थिए।