‘लग्जम्बर्गजस्तै बेथानचोक’

काभ्रेपलाञ्चोक– लग्जम्बर्गका सामाजिक विकास सहयोग एवं मानवीय मामिलामन्त्री फ्रन्ज फयोट शुक्रबार बेथानचोक गाउँपालिका पुगे । जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोकको परिवेश र स्थानीय बालीनाली देखेर उहाँलाई लग्जम्बर्गको कुनै भूगोलमै छु झैँ लाग्यो ।  गाउँपालिकाको प्राङ्गणमा ग्रामीण विकास महिला तरकारी तथा फलफूल सहकारी संस्था लिमिटेडका पदाधिकारी एवं स्थानीयसँगको एक भेटमा सोधे, ‘नमस्कार, बेथानचोक आराम हुनुहुन्छ ?’ […]