ओझेलमा विकास पत्रकारिता

विकास सुनेर नथाकिएको विषय हो । सार्वजनिक बहसमा विकाससम्बन्धी चर्चा राजनीतिपछि सम्भवतः सबैभन्दा बढी पाइन्छ । नेपालमा विकाससम्बन्धी बहस राणाकालदेखि हुँदै आएको हो । राणा शासक श्री ३ जुद्धशमशेरले १९९० सालको भूकम्पपछि आधुनिकीकरण र पूर्वाधार विकासको जग बसाउने उद्देश्यले युरोपेली पूर्वाधार विकास अनुसरण गर्न अध्ययन टोली नै पठाएका थिए । तीन दशक लामो निरङ्कुश पञ्चायती कालखण्डमा पूर्वाधार विकासका एजेन्डा जोडतोडले उठाइएको हो । त्यतिबेला पूर्वाधार विकासका अवधारणा र बहसमा जोड दिइएको थियो ।

सम्बन्धित सामग्री

छापा पत्रकारिताको कमजोर भविष्य

विश्व इतिहासमा पत्रकारिताको जग बसाल्ने काम छापा पत्रकारिताले गरेको पाइन्छ । यही जगमा टेकेर क्रमशः रेडियो, टेलिभिजन हुँदै अनलाइन पत्रकारिताले नयाँ प्रविधिमार्फत विकासको गति लिइरहेको छ । पत्रकारिताको प्रणेता स्वयम् छापा पत्रकारिता भने दिनानुदिन ओझेलमा पर्दै गइरहेको प्रतीत हुन्छ । नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने अहिले छापा पत्रकारिताको प्रभाव निकै घटिसकेको छ । नेपाली पत्रकारिता जगत्मा यो सबभन्दा बढी समस्याले ग्रस्त क्षेत्र हो । यसको प्रमुख कारकमा सामग्री उत्पादन, छपाइ र वितरणमा देखिएका चुनौती नै मुख्य हुन् । कुनै एउटा अखबार तयार गर्न जति कठिन छ, त्यति नै कठिनाइ पत्रिका प्रकाशनपश्चात् पाठकसम्म पु¥याउनमा पनि छ ।

सामाजिक सञ्जालले पत्रकारितामा ओझेल पार्‍यो : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक सञ्जालले पत्रकारिता क्षेत्रमा ओझेल पारेको बताएकी छन् । उनले डिजिटल मिडियाको प्रभाव पत्रकारिता क्षेत्रमा परेको भन्दै सामाजिक सञ्जालले पत्रकारिता ओझेलमा परेको बताइन् ।