मानवशास्त्री ओम गुरुङको निधनप्रति नेकपा (क्रान्तिकारी माओवादी) ले दुःख व्यक्त गरेको छ । महासचिव मोहन वैद्य ‘किरण’ ले पार्टीको केन्द्रीय सल्लाहकार समितिका संयोजकसमेत रहेका गुरुङको निधनबाट आफूहरू स्तब्ध बनेको बताएका हुन् । ‘वामपन्थी बौद्धिक व्यक्तित्वको रूपमा स्थापित गुरुङ नेपाली जनवादी तथा कम्युनिस्ट आन्दोलनका एक कर्मठ योद्धा, आदिवासी जनजाति आन्दोलनका एक वरिष्ठ नेता र अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष हुनुहुन्थ्यो । उहाँको निधनले विभिन्न आन्दोलन र क्रान्तिप्रति अपू