रत्नकुमार बान्तवा बहुप्राविधिक शिक्षालय उद्घाटन

पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलामको साखेजुङमा रहेको रत्नकुमार बान्तवा बहुप्राविधिक शिक्षालयको बिहीबार औपचारिक उद्घाटन गर्नुभएको छ । इलाम नगरपालिका–१, साँखेजुङमा रहेको शिक्षालय २०७४ सालदेखि सञ्चालनमा आएको थियो । शिक्षालयको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री खनालले प्राविधिक शिक्षा अहिलेको मुख्य आवश्यकता रहेको बताउनुभयो ।

सम्बन्धित सामग्री

दिलौरीमा बन्ने भो बहुप्राविधिक शिक्षालय

जुम्लाको सिंजा गाउँपालिका ६ अवस्थित भाडगाउँको दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापनाका लागि बाटो खुलेको छ।...

बेदकोट नगरमा बहुप्राविधिक शिक्षालय संचालन हुने

कञ्चनपुरको बेदकोट नगरपालिकामा बहुप्राविधिक शिक्षालय संचालन हुने भएको छ। बहुप्राविधिक शिक्षालय संचालनका लागि नगरपालिकाले ऐनसमेत पारित गरेको छ। बेदकोट नगरका कार्यपालिका सदस्य पवन नेपालीले समयसापेक्ष प्राविधिक शिक्षाको माग र आवश्यकताअनुरुप नगरपालिकाले...

राष्ट्रपति भण्डारीको जन्मघरलाई बहुप्राविधिक शिक्षालय बनाइने

काठमाडौं : राष्ट्रपति विद्या देवी भण्डारीको भोजपुरको जन्मघरलाई प्राविधिक शिक्षालय श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय  बनाइने भएको छ।  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिभिटी)का  उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीका अनुसार अहिले भण्डारीको जन्म घर प्रवलीकरण भइरहेको छ भने सोही नजिकै अर्को नयाँ भवन बन्दै छ।करिब ९ करोड लागतमा दुईवटा भवन बनाउँदै गरेको उनले बताए। ‘यो दशैँ सम्ममा सबै संरचना निर्माण सक्ने लक्ष्य लिएका छौँ,’उनले भने।

‘सबै पालिकामा प्राविधिक शिक्षालय’

कास्की । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकार देशका ७५३ वटै पालिकामा प्राविधिक शिक्षालय स्थापना गर्ने योजनामा रहेको बताएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–३ मा आज प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी)को आङ्गिक शिक्षालय ‘अन्नपूर्ण बहुप्राविधिक शिक्षालय भवन’ को शिलान्यास गर्दै उनले फरक–फरक प्रकृतिका विषय समेटिने गरी प्राविधिक शिक्षा देशका सबै स्थानीय तहमा […]

लमजुङमा राइनास बहुप्राविधिक शिक्षालयको शैक्षिक भवन शिलान्यास

लमजुङको राइनास नगरपालिका–८ कुसुण्डेचौरमा राइनास बहुप्राविधिक शिक्षालय भवनको शिलान्यास भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत रहेको राइनास बहुप्राविधिक शिक्षालयको ३२ कोठे शैक्षिक भवन निर्माणको शिलान्यास गरिएको हो ।राइनास बहुप्राविधिक शिक्षालयमा तीन वर्षीय प्रमाणपत्र तहको वन विज्ञान र आईएस्सी एजी (बाली विज्ञान) को पढाइ हुन्छ । सीटीईभीटी अन्तर्गतको शिक्षालयले कम शुल्कमा विद्यार्थी पढाउँदै आएको शिक्षालय प्रमुख ईश्वरीचन्द्र देवकोटाले बताए । यसका लागि शिक्षालयले विद्यार्थ

बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि अनुमति

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनको अनुमति पाएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले साझेदारीमा कार्यक्रम सञ्चालन र स्थानीय तहको पूर्ण लगानीमा सञ्चालन हुनेगरी हालै अनुमति दिएको हो । नगरपालिका र महाकाली प्रादेशिक अस्पतालले गतवर्ष प्राविधिक शिक्षालय सञ्चालन अनुमतिका लागि सीटीईभीटीमा निवेदन दिएका थिए । त्यसअनुसार यस वर्ष दुई कार्यक्रम सञ्चालन हुनेगरी अनुमति दिइएको हो । प्राविधिक शिक्षालयमा डिप्लोमा इन फार्मेसी र प्रमाणपत्र तह हेल्थ ल्याब टेक्निसियन पढाउन अनुमति पाएको छ । सीटीईभीटीकोे अनुमतिपत्र पाएपछि नगर प्रमुख सुरेन्द्र विष्ट र अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीले प्राविधिक शिक्षालय सञ्चालनको बाटो खुलेकामा खुशी व्यक्त गरे । नगरपालिकाले प्राविधिक शिक्षालय सञ्चालनका लागि आठौं नगरसभाबाट शिक्षालय स्थापना तथा सञ्चालन विधेयक २०७७ पारित गरिसकेको छ । रासस

महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि अनुमति

कञ्चनपुर : भीमदत्त नगरपालिकाले महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनको अनुमति पाएको छ। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) ले साझेदारीमा कार्यक्रम सञ्चालन र स्थानीय तहको पूर्ण लगानीमा सञ्चालन हुने गरी गरी अनुमति दिएको हो।भीमदत्त नगरपालिका र महाकाली प्रादेशिक अस्पतालले गत वर्ष प्राविधिक शिक्षालय सञ्चालन अनुमतिका लागि सिटिइभिटीमा निवेदन दिएका थिए। त्यस अनुसार यस वर्ष डिप्लोमा इन फार्मेसी र प्रमाणपत्र तह हेल्थ ल्याब टेक्निसियन पढाउन अनुमति पाएको हो।सिटिइभिटीको अनुमति पाएपछि नगरप

भोजपुरमा बहुप्राविधिक शिक्षालय निर्माण ४० प्रतिशत सम्पन्न

भोजपुर (अस) । दूरदराजका विद्यार्थीलाई प्राविधिक तथा व्यावसायिक शिक्षा दिने उद्देश्यले भोजपुरको रामप्रसादराई गाउँपालिका–५ आम्बोटेमा १४ करोड लागतमा बहुप्राविधिक शिक्षालयको निर्माण थालिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको बुवा, आमाको नाममा बन्दै गरेको ‘श्रीराम मिथिला प्राविधिक शिक्षालय’ निर्माणका लागि राष्ट्रपतिसँगै उनका परिवारले निःशुल्क जग्गा दिएका थिए । ५५ रोपनी क्षेत्रफल भित्र अहिले करीब डेढ रोपनी क्षेत्रफलमा बनिरहेको एकेडेमिक भवन निर्माणको काम ४० प्रतिशत सकिएको छ । त्यस्तै महिला छात्रवाससँगै अन्य भवनहरू निर्माण भइरहेको साइट इन्जिनीयर नारायण अधिकारीले बताए । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्र (सीटीईभीटी)बाट सम्बन्धन भएको यस शिक्षालयमा तत्कालीन रूपमा बाली विज्ञानको अध्ययन गराइने र माग भएमा आगामी दिनमा थप कार्यक्रम थप्दै लैजाने बताइएको छ । आफ्नो ठाउँमा राष्ट्रपतिको पहलमा प्राविधिक शिक्षालय बनेपछि स्थानीयमा उत्साह बढेको स्थानिय सुरेन्द्र पाण्डेले बताए । ‘प्राविधिक शिक्षा लिन जिल्ला बाहिर जानुपर्ने अवस्था थियो, त्यसमा पनि खर्चिलो हुने भएकाले निम्न परिवारका विद्यार्थीले पढ्न पाएका थिएनन्,’ उनले भने, ‘अब घर छेउमै प्राविधिक शिक्षालय खुल्ने भएकाले पढ्न चाहने विद्यार्थीलाई सहज भएको छ ।’ गतवर्षको फागुनदेखि निर्माण शुरुभएको शिक्षालयको समापन गर्नुपर्ने अवधि आगामी वैशाख महिनासम्म रहेको छ ।

शिक्षालय प्रमुख कोइराला उत्कृष्ट कर्मचारीको रूपमा सम्मानित

भोजपुरको सुम्नीमा पोलिटेक्नीक इन्स्टिच्युट देउरालीका शिक्षालय प्रमुख शंकरदेव कोइराला उत्कृष्ट कर्मचारीको रूपमा सम्मानित भएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को ३३ औं वार्षिकोत्सवको अवसरमा प्रमुख कोइराला सम्मानित भएका हुन् ।   उनीसँगै दाङको शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय घोराहीका शिक्षालय प्रमुख अच्युतराज दाहाल, पोखरा प्राविधिक शिक्षालय पोखराका उपप्रमुख राजीव कुमार ठाकुर र परिषद् परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका हरि भण्डारी पनि सम्मानित भएका छन् ।

बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि कानून निर्माण

भीमदत्त नगरपालिकाले महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि कानून बनाएको छ । नगरपालिकाको आठौँ नगरसभाबाट महाकाली बहुप्राविधिक शिक्षालय स्थापना तथा सञ्चालन विधेयक, २०७७ पारित गरिएको हो ।