१३ औं सागको हिसाबमा नअटाएको प्रसारणसम्बन्धी ८ करोडको सम्झौतामा महालेखाको प्रश्न

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा टेलिभिजन प्रसारण अधिकार लगायतका विषयलाई लिएर राष्ट्रिय खेलकुद परिषद् तथा नेपाल ओलम्पिक कमिटीमाथि महालेखा परीक्षकको प्रतिवेदनले प्रश्न उठाएको छ। 'नेपाल ओलम्पिक कमिटी र भारतीय एक कम्पनीबिच तेह्रौँ दक्षिण एसियाली खेलकुदका सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण, भिडियो र फोटोको प्रसारण अधिकार सहभागी सात राष्ट्रका…