दुर्गममा शिविर सञ्चालन

जिल्ला अस्पताल बैतडीले पञ्चेश्वर र शिवनाथ गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शिविरमा एक हजारभन्दा बढीको स्वास्थ्य जाँच गरिएको छ। गाउँघरमा चिकित्सक कार्यक्रमअन्तर्गत बालरोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ, अल्ट्रासाउन्ड सेवा, हाडजोर्नी विशेषज्ञ, नाक, कान र घाँटीरोग विशेषज्ञ र अपाङ्ग पहिचानजस्ता शिविर सञ्चालन भइरहेका छन्। जिल्ला अस्पताल बैतडीका प्रमुख डा. दिपेश श्रेष्ठका अनुसार शिवनाथ गाउँपालिकामा अपाङ्गता पहिचान शिविर राख्दा १५५ जना अपाङ्गता भएका व्यक्तिले स्वास्थ्य परीक्षण गराएका छन्। तीमध्ये १९ जनाले पूर्ण अशक्तताको अपाङ्ग परिचयपत्र पाएका छन्।

सम्बन्धित सामग्री

प्रेस काउन्सिलद्वारा सञ्चारकर्मीलाई तालिम

सिमकोट– हिमाली जिल्ला हुम्लामा कार्यरत सञ्चारकर्मीका लागि एकीकृत सञ्चार शिविर सम्पन्न भएको छ। प्रेस काउन्सिल नेपाल, सूचना विभाग र न्यूनतम पारिश्रमिक निर्धारण समितिले पहिलो पटक तीनदिने उक्त शिविर जिल्लामा आयोजना गरेका छन्। पत्रकारिताको सैद्धान्तिक ज्ञान र नीति–नियमको कमी भएका बेला जिल्लाका सञ्चारकर्मीका लागि एकीकृत सञ्चार शिविर सञ्चालन गरिएको प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले बताए। दुर्गममा […]

भाइरलको संक्रमण बढेपछि गाउँमै स्वास्थ्य शिविर सञ्चालन

डडेल्धुराको भागेश्वर गाउँपालिकामा भाइरलजन्य रोगको संक्रमण बढेपछि गाउँपालिकाले आइतबारदेखि स्वास्थ्य शिविर सञ्चालन गरेको छ । दुर्गममा रहेको वर्षातका कारण गाडी चल्न नसकेपछि भागेश्वर गाउँपालिकाको वडा नं ५ का विभिन्न गाउँमा भाइरलजन्य रोगका बिरामीको सहज उपचारका लागि भन्दै गाउँमै स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । भागेश्वर गाउँपालिकाको आयोजनामा वडा नं ५ को चौगाउँमा निःशुल्क स्वास्थ्य शिविरको…

डडेल्धुरा: भाइरलको संक्रमण बढेपछि गाउँमै स्वास्थ्य शिविर सञ्चालन

डडेल्धुरा- डडेल्धुराको भागेश्वर गाउँपालिकामा भाइरलजन्य रोगको संक्रमण बढेपछि गाउँपालिकाले आइतबारदेखि स्वास्थ्य शिविर सञ्चालन गरेको छ।  दुर्गममा रहेको वर्षात्का कारण गाडी चल्न...