सीमा विवादमा विज्ञको सुझाव: वार्ताको विकल्प छैन, सरकार भन्छ, तत्काल अन्तर्राष्ट्रियकरण हुँदैन

काठमाडौं: नेपालले आफ्नो अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरेर नयाँ नक्सा सार्वजनिक गरेपछि नेपाल भारत सीमा विवाद चर्चामा छ। पछिल्लो पटक भारतले नेपाली भूभाग अतिक्रमण गरेर मानसरोवर जोड्ने सडक उद्घाटन गरेपछि नेपालले जवाफस्वरुप उक्त भूभाग समेटिएको नक्सा सार्वजनिक गरेको हो। तर विवादको श्रृखला भारतले पछिल्लो समय जारी