चालू आर्थिक वर्षको पहिलो महिना साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.२६ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवको साउन महिनामा ४.३५ प्रतिशत मुदास्फीति रहेकोमा यसपटक करिव ९ प्रतिशत पुगेको हो।नेपालीहरुका ठूला चाडवाड आइरहेको अवस्थामा उपभोक्तामाथि अझ मूल्यवृद्धिको चाप पर्ने अनुमान छ। साउनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.११ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.१८ प्रतिशत रहेको छ।२०७८ साउनक