क्रोएसियामा सन् २०२३ देखि युरोपेली मुद्रा युरो प्रचलनमा आउने भएको छ ।
युरो प्रचलनमा ल्याउनका लागि क्रोएसियाले आवश्यक सबै मापदण्ड र प्रक्रिया पूरा गरिसकेको युरोपेली आयोगले जनाएको छ ।
आयोगले सन् २०२३ को जनवरीदेखि क्रोएसियामा औपचारिक रूपमा युरो प्रचलनमा ल्याउन दिने निर्णय गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । युरोपमा राष्ट्रिय मुद्राको रुपमा युरो प्रयोग गर्ने देशमध्ये क्रोएसिया २०औँ देश बन्नेछ ।
युरो प्रचलनमा ल्याउन माग गर्दै प्रक्रिया सुरु गरेका बुल्गेरिया, चेक गणतन्त्र, हङ्गेरी, पोल्यान्ड, रोमानिया र स्वीडेनले ...