ओलीको व्यवहारले रावलको चरित्र विचलित हुँदै, झपटलाई ‘चुनावी झापड’ हान्ने योजना

एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारण टिकट नपाएका भीम रावलले अछाम निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका आधिकारिक उम्मेदवार झपट बोहोरालाई सहयोग नगर्ने भएका छन् । नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई सर्वसम्मत सिफारिस गरे पनि पार्टी अध्यक्ष ओलीले टिकट नदिएपछि पार्टीका सबै उम्मेदवारलाई निर्वाचन जिताउन आह्वान गरेका रावलले अछाम क्षेत्र १ मा भने असहयोग गर्ने भएका छन् ।