संक्रमित बालकलाई काठमाडाैं लगेका एम्बुलेन्स चालकको स्वाब संकलन

बारा : बाराको निजगढबाट कोरोना संक्रमितलाई काठमाडौं पुर्‍याएर फर्किएका एम्बुलेन्स चालककोआइतबार स्वाब संकलन गरिएको छ। दोलखा घर भई काठमाडौंको चन्द्रगिरि नगरपालिका दहचोकमा बस्दै आएका ७ वर्षीय कोरोना संक्रमित बालकलाई उनले काठमाडौं लगेका थिए। निजगढ नगरपालिकाले सञ्चालन गरेको एम्बुलेन्सका चालकलाई त्यसपछि निजगढ नगर उद्...

सम्बन्धित सामग्री

वीरेन्द्रनगरमा २५ शय्याको कोभिड अस्पताल सञ्चालनमा

वैशाख २४, सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा कोरोना भाइरस (कोभिड १९) का  गम्भीर बिरामीले भरिएपछि वीरेन्द्रनगर नगरपालिकाले आफ्नै व्यवस्थापनमा २५ शय्याको कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ ।  नगरपालिकाले साबिकको कटकुवा स्वास्थ्य चौकीको नवनिर्मित भवनलाई कोभिड अस्पतालका रुपमा शुक्रवारदेखि सेवा सञ्चालनमा ल्याएको हो । दोस्रो लहरको कोरोना सङ्क्रमण तीव्र गतिले फैलिएसँगै वीरेन्द्रनगरले पूर्व तयारीका कार्यहरु थालनी गरेको थियो । नगर प्रमुख देवकुमार सुवेदीले कोरोना परीक्षणको दायरा बढाउनुका साथै गम्भीर बिरामीलाई चिकित्सकीय सेवा प्रदान गर्न अस्पताल सञ्चालनमा ल्याएको बताए ।  ‘अस्पतालमा अक्सिजन सुविधा र संक्रमित बोक्न चौबिसै घण्टा एम्बुलेन्स तयारी अवस्थामा राखेका छौं,’ उनले भने, ‘नगरपालिकाको स्वास्थ्य जनशक्तिका अतिरिक्त प्रदेश अस्पतालका चिकित्सकहरुलाई कन्सल्ट्यान्टको रुपमा पनि खटाउँदैछौं ।’  हाल वीरेन्द्रनगरमा एक हजार २७९ सक्रिय सङ्क्रमित छन् । तीमध्ये एक हजार १६ जना आइसोलेशनमा छन् । त्यस्तै, १० जनाको मृत्यु भइसकेको छ । नगरपालिकाले साताको तीन दिन सोमवार, बुधवार र शुक्रवार कोरोना परीक्षणका लागि स्वाब संकलन गर्दै आएको छ । अस्पताल सञ्चालन शुभारम्भ कार्यक्रममा नगर प्रमुख सुवेदीका साथै उपप्रमुख मोहनमाया ढकाल, सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, प्रदेश अस्पताल सुर्खेतका चिकित्सकहरु  नवराज केसी,  अर्चना कार्की,  प्रदीप न्यौपाने र नगर स्वास्थ्य शाखाका कर्मचारीहरुको उपस्थिति थियो । रासस