काठमाण्डौ – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सेवा दिन आवश्यक प्रबन्ध गर्न श्रम मन्त्रालयले तयारी थालेको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसहितको टोली शुक्रबार भैरहवा गएर आवश्यक प्रबन्ध गर्ने श्रम मन्त्रालयले जनाएको छ ।
भैरहवामा वैदेशिक रोजगार सम्बन्धी कार्यालयका साथै म्यानपावर कम्पनीका शाखा, अभिमुखीकरण तालिम दिने संस्था र स्वास्थ्य परीक्षण गर्ने संस्थाहरूको छिट्टै विस्तार गर्ने मन्त्रालयको योजना छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएकै दिनदेखि जजिरा एय...