सय दिन काम गरेको पारिश्रमिक लिन बैंकमा दुई हप्तासम्म लाइन बस्नुपर्ने

जाजरकोट – जुनिचाँदे गाउँपालिका–४ की रुपा दमाईं पहिलो पटक सदरमुकाम खलङ्गामा पुग्नुभयो । घुम्ती सेवाबाट गाउँमै नागरिकता बनाएकी रुपाले पहिलो पटक सदरमुकाम पुगेको बताउनुभयो । आर्थिक वर्ष २०७७र७८ मा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एक सय दिन काम गरेबापत पारिश्रमिक स्वरुप प्राप्त ५० हजार रुपैयाँको चेक भुक्तानीका लागि उहाँ सदरमुकाम आउनुभएको हो । आदर्श मावि लुहादहको घेराबारको काम गरेबापत गाउँपालिकाले उहाँलाई ५० हजार रुपैयाँको चेक दिएको थियो । चेक लिएर आएको र बैंकमा लाइन कुर्न थालेको १४ दिन बितिसकेको...