गृहमन्त्री बादलले 'ठूलो माछा पक्रन सक्नुभएन हामी बोलेनौं, कामचोर व्यवसायीलाई कानून नै नबनाइ पक्रनुभयो आफैँ छोड्नुभयो हामी बोलेनौं। डाक्टर भोजराजलाई ट्रमा सेन्टरबाट उठाउनुभयो हामी बोलेनौं। लेनिन बिष्टलाई विमानस्थलमा रोक्नुभयो, पत्रकार शम्भु श्रेष्ठ र राजु बस्नेतलाई प्रहरी लगाउनुभयो हामी बोलेनौं,' सांसद थापाले भने, 'हामीलाई लाग्यो गृहमन्त्री बादल मान्छे त ठीकै हो क्षमतामा केही बादल लागेको मात्रै हो। तर हिजो हामी जब बोल्यौं गृहमन्त्रीजी पनि बोल्नुभयो। सभामुख महोदय क्षमता र सोचमै बादल लागेको गृहमन्त्री बादल हामीलाई चाहिन्छ र?'