भारतमा चक्रवातका कारण कम्तीमा पाँच जनाको ज्यान गयो, कयौँ विस्थापित

काठमाण्डाै - यास नामको चक्रवातका कारण भारतमा कम्तीमा पाँच जनाको ज्यान गएको छ । पश्चिम बङ्गाल र ओडिशा राज्यमा प्रभाव पारेको चक्रवातका कारण कम्तीमा पाँच जनाको ज्यान गएको र हजारौँ मानिस घरबारविहीन भएका समाचारसंस्था रोयटर्सले जनाएको छ । बङ्गालको खाडीमा उत्पन्न भएको चक्रवात तटीय क्षेत्रमा आउनुअघि नै १० लाखभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चक्रवातका कारण तीव्र हावाहुरीसहित ठूलो वर्षा भइरहेको छ। घरहरू भत्किएका छन् भने ठूलाठूला छालले तटीय क्षेत्रका बस्तीहरु डुबानमा परेका छन् ...