सशस्त्र द्वन्द्वका क्रममा विस्थापित भएको प्रहरी चौकी २२ वर्षपछि पुनर्स्थापना भएको छ । २०४९ सालमा बाजुराको अति विकट क्षेत्र हिमाली गाउँपालिकाको वडा नम्बर १ स्थित विच्छयाँमा स्थापना भएको प्रहरी चौकी २०५५ चैत २७ देखि विस्थापित भएकोमा चैत आइतबार पुनर्स्थापना भएको हो । बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल र जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझाले जनप्रतिनिधिहरू, सरोकारवाला लगायतको उपस्थितिमा प्रहरी चौकी पुनर्स्थापना गरेका हुन् । उक्त चौकी विस्थापित