पोर्चुगल पठाइदिन्छु भन्दै १२ लाख रूपैयाँ ठगी गरेको अभियोगमा नुवाकोट लिखु गाउँपालिका-४ घर भई हाल काठमाडौं तार्केश्वर नगरपालिका नेपालटार बस्ने २४ वर्षीय रोजिन न्यौपानेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । न्यौपानेले ७ जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइ प्रतिष्ठित कृषि कम्पनीमा मासिक १ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट …