काठमाडौँ,१ असार । नयाँ शैक्षिकसत्र लागेदेखि करिब दुई महिनापछि विद्यार्थीले सबै पाठ्यपुस्तक पाएका छन् । हिमाली जिल्ला मनाङका विद्यार्थीले कक्षा सञ्चालन भएको लामो समयपछि पुस्तक हेरेर पढ्ने अवसर पाएका छन् । जिल्लाका शिक्षकहरूले पाठ्यपुस्तकको विषयहरू डाउनलोड गरी सम्भव भएसम्म विद्यार्थीहरूलाई हेन्सआउट दिएर पठनपाठन गरिँदै आएको थियो । “ टपिक्स डाउनलोड गर्ने र फोटोकपी गरेर पठनपाठनलाई […]